मालपोत अधिकृतको गैरकानुनी सम्पत्ति साढे १४ करोड, सालीका नाममा गाडी, जेठानका नाममा पनि सम्पत्ति

मालपोत अधिकृतको गैरकानुनी सम्पत्ति साढे १४ करोड, सालीका नाममा गाडी, जेठानका नाममा पनि सम्पत्ति

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्ट्रेलिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा गरेको पाइएको छ ।

आयोगका अनुसार मालपोत अधिकृत ढकालले रु १४ करोड ५३ लाख ८२ लाख ४९८ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानका क्रममा ढकालको रु १० करोड २७ लाख ५८ हजार ४६१ अवैध पाइएको छ । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गरेका थिए ।

विसं २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत थिए । उनले लगनखेल, ललितपुरमा कार्यरत रहेको पाइएको छ । आयोगले मालपोत अधिकृत ढकाल, श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ ।