कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक, कसरी अघि बढ्छ प्रक्रिया?

कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक, कसरी अघि बढ्छ प्रक्रिया?

काठमाडौंः नेपाली कांग्रेसका आठ सांसदहरुले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेका छन् । पार्टी केन्द्रीय समितिले संसदीय दललाई यसअघि सभापति देउवा प्रधानमन्त्री हुँदा दर्ता भएको प्रस्ताव अघि बढाउन निर्देशन दिएसँग नयाँ प्रस्ताव दर्ता भएको हो । तर, संसदीय दलले कुने निर्णय गरेको छैन । कांग्रेसले संशोधन विधेयक दलको आधिकारिक भए वा नभएको स्पष्ट पारेको छैन । 
संशोधन विधेयक मंगलबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । 
यसअघि मधेश केन्द्रित दुई दलका तर्फबाट पनि विधेयक दर्ता भएको थियो । संशोधनमा भाषा आयोग, राज्उ पुनर्संरचना लगायतका विषयमा संशोधन माग गरिएको छ । 
गैरसरकारी विधेयक संसदमा लैजाने वा नलैजाने भन्ने विषय भने कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ । उक्त समितिको परामर्शका आधारमा सभामुखले प्रक्रिया निर्धारण गर्नेछन् । विधेयक पारितको बाँकी प्रक्रिया भने अन्य विधेयक सरह नै हुनेछ ।