दुई सांसदलाई संसद प्रवेशमा रोक

दुई सांसदलाई संसद प्रवेशमा रोक

कर्णाली । कर्णाली प्रदेश सभाले दुई जना सांसदलाई संसदमा प्रवेश गर्न रोक लगाएको छ । दैलेखबाट प्रतिनिधित्व गर्ने सांसदद्वय अमर थापा र सुशील थापालाई सोमबारदेखि एक हप्तासम्म संसद प्रवेशमा रोक लगाइएको हो ।

कोरोना भाइरस फैलिएको आफ्नो निर्वाचन क्षेत्रमा गएको भन्दै प्रदेश सभाले उनीहरूलाई रोक लगाएको हो। कोरोनाभाइरस संक्रमण फैलिएको जिल्लामा गएर आएको भन्दै आफूहरूलाई संसद प्रवेशमा रोक लगाइएको प्रदेश सभा सदस्य सुशील थापाले बताए।

उनले आफूहरू उच्च निकायसँग समन्वय गर्न गएको बताए। उनीहरू दुवै जना आइतबार बेलुका दैलेखबाट सुर्खेत फर्किएका हुन्। निर्वाचन क्षेत्रमा गएर आफूले ५० शैय्याको आइसोलेसन कक्ष तयार पार्ने निर्णय गरेर फर्किएको सांसद थापाले बताए।