फोर्ब्स पत्रिकाले टेलिभिजन रियालिटी स्टार काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायाे

फोर्ब्स पत्रिकाले टेलिभिजन रियालिटी स्टार काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायाे

एजेन्सी । टेलिभिजन रियालिटी स्टार तथा युवा व्यवसायी काइली जेनरलाई फोर्ब्स पत्रिकाले अर्बपतिको सूचीबाट हटाएको छ ।

पछिल्लाे समय काइलीका कुरा बाहिर आउँदा झुटा कुरा आउने गरेकाे भन्दै फोर्ब्स पत्रिकाले सूचीबाट हटाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्।

काइलीको परिवारले उनकाे  कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको र वास्तविकभन्दा धनी देखाउन खाेजेकाे  फोर्ब्सकाे ठहर छ  ।

यता, काइलीले भने ट्वीट गरेर फोर्ब्सको आरोपलाई खण्डन गर्दै पत्रिकाको दाबीलाई ‘गलत बयान र अप्रमाणित धारणा’ भनेर खण्डन गरेको छ । ‘मैले कहिले पनि कुनै उपमाको माग गरेकी थिइनँ न त त्यहाँसम्म पुग्न झुठ बोलेकी थिएँ,’ उनले लेखेकी छिन् । उनले यतिबेला आफूसँग कति पैसा छ भनेर प्रमाणित गर्नुको साटो १०० वटा महत्त्वपूर्ण कामको सूची रहेको बताइन् ।

योसँगै सन् २०१९ मा फोर्ब्स पत्रिकाले उनलाई घोषणा गरेको ‘स्वनिर्मित’ अर्बपतिको उपमा खोसिएको छ ।