गीतकार रत्नशमशेर थापाको निधन

गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ । बेलुकी ६ बजे रिपोर्ट आएपछि थापाको पार्थिव शरीर परिवारलाई वुझाइने महेशले जानकारी दिए । गीतकार थापाको ८३ बर्षको उमेरमा निधन भएको हो ।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा, जाग लम्क चम्क हे’ जस्ता कालजयी गीत लेखेका छन् ।