नेपालकाे अद्यावधिक नक्साः नेपाल चलचित्र निर्माता संघद्वारा स्वागत

नेपालकाे अद्यावधिक नक्साः नेपाल चलचित्र निर्माता संघद्वारा स्वागत

काठमाडाैं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूमी समेटेर नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक गरेकाे छ । र सरकारकाे यस कदमलाई धेरैले स्वागत गरेका छन् ।

नेपाल चलचित्र निर्माता संघले पनि नक्सा सार्वजनिक गर्नु राम्राे कदम भन्दै स्वागत गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सरकारको यस कदमको स्वागत गरेका हुन्  ।

'हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ । एकता नै शक्ति हो’ जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।