संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस नहुने, कांग्रेसले दलभित्र छलफलको समय मागेपछि सरकार पछि हट्यो

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस नहुने, कांग्रेसले दलभित्र छलफलको समय मागेपछि सरकार पछि हट्यो

काठमाडौंः संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस नहुने भएको छ । मंगलबार संसद् सचिवालयले विधेयक पेसको सम्भावित कार्यसूची प्रकाशन गरेको थियो । सचिवालय स्रोतका अनुसार सरकारको परामर्शमा विधेयक आजको दैनिक कार्यसूचीबाट हटाइएको छ । 

संशोधन विधेयकको विषयलाई लिएर प्रधानमन्त्रीले मंगलबार सर्वदलीय परामर्श पनि गरेका थिए । परामर्शमा कांग्रेसले संशोधनका विषयमा केन्द्रीय समितिबाट निर्णय गर्नका लागि समय माग गरेको थियो ।

सो अनुसार प्रतिनिधिसभामा पेस गर्ने कार्यसूचीबाट सरकार पछि हटेको हो ।