कोरोना अपडेटः विश्वभर ३ लाख ५२ हजारको ज्यान गयो, कुन देशमा कतिको मृत्यु ?

कोरोना अपडेटः विश्वभर ३ लाख ५२ हजारको ज्यान गयो, कुन देशमा कतिको मृत्यु ?

काठमाडाैं । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५२ हजार २ सय २५ पुगेको छ ।  संक्रमितको संख्या ५६ लाख ८४ हजार ८ सय नाघेको छ । हालसम्म विश्वभरबाट २४ लाख ३० हजार ६ सय ३ जना निको भएर घर फर्किएका छन्। 

अमेरिकामा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिकामा हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएको छ । वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ७२ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार २ सय ७५ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७९ हजार ९ सय ६९ जनासंक्रमित निको भइसकेका छन्। 

अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९४ हजार ५ सय ७ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय ९३ जनाले ज्यान गुमाइसेका छन्। 

रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको द्ध त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ। संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ। 

बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार ७ सय नाघेको छ। ४ हजार ३ सय ४४ जनाको ज्यान गएको छ भने ६४ हजार २ सय ७७ जना निको भएका छन् । 

कुन देशमा कतिको मृत्यु ?