भारतले क्षेत्रमा नेपाली भू भाग अतिक्रमण गरेको विरोधमा युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन गरिएको छ । पोर्चुगलका २५ नेपाली संघ संस्थाका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पठाइएको छ । लिस्बनस्थित भारतीय राजदूतावासमार्फत उनीहरुले विरोधपत्र भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार पठाएका हुन् ।
राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका संघ संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनीतिक र प्रशासनिक नयाँ नक्सा सहित प्रदर्शन र छोटो कोणसभा गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।
विरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशील २५ नेपाली संघसंस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।