छोटो हरर फिल्म ‘ओयजा’को ट्रेलर सार्वजनिक

छोटो हरर फिल्म ‘ओयजा’को ट्रेलर सार्वजनिक

रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर फिल्म ‘ओयजा’को ट्रेलर सार्वजनिक भएको छ । रोशन दाशको निर्देशन रहेको फिल्ममा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ ।

सम्पादन समेत दास कै रहेको छ भने सन्दिप कपालीले शृंगार गरेका छन् । फिल्मको सबटाइटल राहुल शर्माले सम्हालेका छन्, भने स्क्रिन प्ले समेत दासको जिम्मेवारीमा छ। अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेक भिडियोका क्रिएटिभ हेड अनिश नै रहेका छन् ।

फिल्ममा बाल कलाकार गुनगुन दासको साथमा रोशन, अनिश, सुनिल, बिशाल केसी र कमला तामांगको अभिनय रहेको छ। फिल्ममा विवेकले म्युजिक सम्हालेका छन् भने कथा र स्क्रिप्ट समेत दास कै रहेको छ । फिल्म जेठ १२ गते युट्युव मार्फत सार्वजनिक गर्ने दासले बताएका छन् ।

https://www.youtube.com/watch?v=6z0T8cTxrMk&fbclid=IwAR3izAcDKCcgW1NBj_pR0HQ3n-mljjmTHTnAQbq6VKG8l2MzlRXDBosrsLM