दिवेश पाेखरेलले जिते अमेरिकन आइडलकाे उपविजेताकाे उपाधि, भाेटिङमा चुके विजेता बन्न

काठमाडौं । अमेरिका निवासी नेपालीमुलका युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपबिजेता बनेका छन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा अन्तिम समयमा पुगेर दिवेसले उपाधि जितेर ईतिहास रच्ने अवसर गुमाएका हुन् । यद्दपी फाइनलमा पहिलाे नेपाली पनि उनै हुन् ।

भिटिङका आधारमा २९ वर्षीया जस्ट साम अमेरिकन आइडल घोषित भएका हुन् ।