भोलि अमेरिकन आइडलको फाइनल, नेपाली युवा दिवेशले जित्ने संभावना कति ?

भोलि अमेरिकन आइडलको फाइनल, नेपाली युवा दिवेशले जित्ने संभावना कति ?

अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ । अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी च्यानलमा यो शो सुरु हुनेछ । नेपाली युवक दिवेश पोखरेल यो शोमा 'आर्थर गन'को नामबाट प्रतिष्पर्धा गरिरहेका छन् । उनको सहभागिताले अमेरिकन आइडललाई लिएर नेपालीहरु पनि उत्साहित रहेका छन् ।

आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । अनलाईन सर्वेक्षणअनुसार दिवेश पोखरेल सबैभन्दा अगाडि रहेका छन् । उनले नै आइडल जित्ने अड्कल गरिएकाे छ ।

पोखरेलको प्रस्तुतिलाई निर्णायक केटी पेरी, लियोनल रिची र लुक बार्यनले प्रशंसा गर्दै आएका छन् । उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न परिवारसँगै अमेरिकामा बस्दै आएका हुन् ।