लकडाउनकाबीच जन्मदिन मनाउँदै अभिनेत्री सुहाना थापा

लकडाउनकाबीच जन्मदिन मनाउँदै अभिनेत्री सुहाना थापा

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बन्न सफल अभिनेत्री सुहाना थापाको आज जन्मदिन परेको छ । बैशाख २६ गते जन्मिएकी सुहाना आजदेखि २३ वर्षमा लागेकी छिन्। चलचित्र ए मेरो हजुर ३ बाट डेब्यु गरेकी सुहाना पहिलो चलचित्रबाटै चर्चा कमाउन सफल भएकी थिईन्।

उनी अभिनेत्री तथन निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । उनको पहिलो चलचित्र ए मेरो हजुर ३ लाई अभिनेत्री झरना थापाले नै निर्देशन गरेकी थिइन्। कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण आज सुहानाले आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदैछिन्।

उनलाई चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले जन्मदिनको शुभकामना सामाजिक सञ्जाल मार्फत दिइरहेका छन्। उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्दैछिन्।