पोखराको मदतानस्थलमा फेरी बम विस्फोट

पोखराको मदतानस्थलमा फेरी बम विस्फोट

पोखरा : पोखराको कास्की क्षेत्र नं २ को अर्को मदतानस्थलमा बम विस्फोट भएको छ । उपचुनावको सुरू भएयता पोखरामा अज्ञात समूहले निरन्तर बम विस्फोट गराइरहेको छन ।

पोखरा महानगरपालिका १६ को दीप चण्डिका मतदानस्थल नजिकै दिउँसो बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । पोखराको भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा १६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।