काठमाडौँ। विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि गोल्छासँग सो रकम धरौटी माग गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको उक्त मुद्दामा व्यवसायी गोल्छामाथि २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।