सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा

सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सघ (क्यान) ले आगामी ‘गेलेफु टी-२० च्याम्पियनसिप २०२६’ का लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ।

आगामी डिसेम्बर ४ देखि १३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलन मिलाउँदै अन्तिम टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान सन्तोष यादवसँगै विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी र अर्जुन घर्तीमगर समेटिएका छन्। यस्तै, दीपक डुम्रे, रूपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेखले पनि टोलीमा स्थान बनाएका छन्।