१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता: त्रिभुवन आर्मीको बिजयी सुरुवात

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता: त्रिभुवन आर्मीको बिजयी सुरुवात

काठमाडौँ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो । 

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए। दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२ औं मिनेटमा गरेका थिए।

खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बूले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर बीरेन्द्र पाण्डेले जानकारी दिए । आज दोस्रो खेल २:३० बजे कोशी प्रदेश र बाग्मती प्रदेशबीच हुनेछ ।