काठमाडौँ । एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराएको छ ।
कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले २२ ओभरमै पूरा गरेको हो ।
यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । त्यस्तै हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन विकेट लिए । त्यस्तै, राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।