हत्या आरोपमा चार जना पक्राउ

हत्या आरोपमा चार जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दिपक हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो ।

अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउए ।

पन्तको बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले ओभरटेक गरेको निहुमा कुटपिटसँगै चक्कु प्रहार गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ ।