टोपबहादुर रायमाझी पनि एमाले राष्ट्रिय भेलामा

टोपबहादुर रायमाझी पनि एमाले राष्ट्रिय भेलामा

काठमाडौँ । भरखरै जेलमुक्त भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि नेकपा (एमाले)को राष्ट्रिय भेलामा सहभागी भएका छन्। 

बुधबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा एमालेको राष्ट्रिय भेला सुरु भएको छ। रायमाझी पनि भेलामा सहभागी भएका हुन्। उनी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट जेलमुक्त भएका थिए। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छूट सुविधाअनुसार उनी रिहा भएका थिए। ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छूट दिने कानुनी व्यवस्था छ।

उनी नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। त्यतिवेला उनी एमालेका सचिव रहेका थिए। उनलाई जिल्ला अदालत, काठमाडौंले २०८३ असार ३० मा चार वर्ष कैद सजाय सुनाएको थियो।