झापा । मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिको छ ।
शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको (हाल विदेशमा रहेको) व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो ।
बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको छ । उक्त गाँजा बरामद गरी आवश्यक मुचुल्का सम्पन्न गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।