हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडाें। हुम्लामा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो। भूकम्पबाट भएको क्षति तथा प्रभावको विस्तृत विवरण आउन बाँकी छ।