गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बुटवल । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। गुल्मीको भाडगाउँस्थित सेतीखोला डुङडुंगे भिरबाट लडेर महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ स्थायी घर भई हाल रेसुंगा नगरपालिका–२, छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार बिहान करिब १० बजे उनी डुङडुंगे भिरमा लडेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।