काठमाडौँ । ललितपुरको जावलाखेल खेलकुद मैदानमा बिहीबारदेखि १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरू भएको छ।‘रोपौँ फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा सहित आयोजित प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले गरेकी हुन्।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पूर्वमन्त्री मधुसूदन पौडेल तथा उद्योगी व्यवसायीलगायत सहभागी थिए। प्रदर्शनीमा विभिन्न नर्सरी तथा पुष्प व्यवसायीले उत्पादन गरेका फूल, कट फ्लावर, पुष्प सजावट तथा अन्य पुष्पसम्बन्धी सामग्री राखिएका छन्।