भारतमा वितण्डा मच्चाउँदै ‘अर्नब’ चक्रवातले, नेपालका कुन कुन ठाउँमा जोखिम छ ?

भारतमा वितण्डा मच्चाउँदै ‘अर्नब’ चक्रवातले, नेपालका कुन कुन ठाउँमा जोखिम छ ?

बंगालको खाडीबाट विकसित ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठूलो वितण्डा (विनाश) निम्त्याएको छ। मौसम अधिकारीहरूका अनुसार यसको प्रभाव आगामी दुई दिनसम्म रहनेछ।

भारतको मौसम विभागका अनुसार, यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बिच आन्ध्र प्रदेशको तटमा ठोक्किएको भीषण चक्रवातका कारण, त्यस समयमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो। चक्रवातको प्रभावले भारी वर्षा भएको छ। 

विशाखापट्टनम मौसम विभागका निर्देशक पीभीएन मूर्तिले ‘अर्नब’ चक्रवात नरसापुर र यानमबीचको तटीय क्षेत्रमा गएराति साढे ३ बजे ठोक्किएको र अहिले त्यसको गति केही सुस्त हुँदै गएको बताएका भारतीय सञ्चार माध्यमहरूले  जनाएका छन्। 

‘अर्नब’ चक्रवातको प्रभाव आन्ध्र प्रदेश र ओडिशाबाहेक तेलंगाना, छत्तिसगढ, मध्य प्रदेश, महाराष्ट्र, झारखण्ड, बिहार र उत्तर प्रदेशसम्म पर्ने अनुमान गरिएको छ। त्यहाँका ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ वटा उडान रद्द गरिएका छन्। 

आन्ध्र प्रदेश र ओडिशामा सम्भावित जोखिमलाई मध्यनजर गदै लाई ध्यानमा राख्दै ४ हजार चक्रवात आश्रयस्थल तयार पारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारी वर्षाका कारण ओडिसामा १६ जिल्लाका विद्यालय बन्द गरिएका छन् र ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको  जनाइएको छ।

अब अर्नब आँधीको प्रभाव नेपालका कुन कुन ठाउँमा कस्तो र कसरी पर्छ भन्ने चासो र चिन्ता बढेको छ। बङ्गालको खाडीमा विकसित भएर भारतको तटीय क्षेत्रमा ठोक्किएको अर्नब चक्रवातको नेपालमा पर्नसक्ने प्रभावलाई लिएर विभिन्न खालका अड्कलबाजी भइरहेका छन्।

यद्धपी, नेपाल मौसम विज्ञान विभागले चक्रवातको असर पूर्वानुमान गरिएको भन्दा कम पर्नसक्ने बताएका छन्। नेपालसम्म आइपुग्दा कमजोर हुने ठानिएको मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलले विशाखापट्टनको जमिनमा ठोक्किएको अर्नब आँधी नेपाल नजिक आइपुग्दा धेरै कमजोर भइसक्ने देखिएको बताएकी छिन्।

‘चक्रवात धेरै कमजोर भएर न्यूनचापीय क्षेत्रको रूपमा रहने देखिएको छ, हाम्रोमा आइपुग्दा अझै कमजोर हुने सम्भावना छ, उनले भनिन्, ‘यसको ट्र्याक (बाटो) भने लगभग नेपाल देखिएको हुनाले सतर्कता अपनाउनुपर्ने हुन्छ।’ मौसमविद्हरूले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी पनि जारी गरेका छन् र अहिले नेपालमा सतर्कता अपनाइएको छ। 

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, १४० किलोमिटर प्रतिघण्टाको वेगमा आइरहेको चक्रवातको असर भारत एक दर्जन बढी राज्यमा फैलिसकेको छ र नेपालतर्फ सरिरहेको छ । 

कुन कुन ठाउँमा जोखिम छ ?

गएको असोजमा पनि बङ्गालको खाडीमा यस्तै चक्रवात बन्ने आँकलन गरिएको थियो। त्यसले चक्रवातको रूप नलिए पनि नेपालमा वर्षा गराएको थियो। अहिलेको चक्रवातले केही स्थानमा त्यसबेलाको भन्दा धेरै वर्षा र हिमपात गराउन सक्ने बताइएको छ। 

अर्नब चक्रवातले लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भारी वर्षा र माथिल्लो क्षेत्रमा हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।

बुधबारदेखि काठमाडौँ सहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेको छ। बिहीदेखि भारी वर्षा हुनसक्ने भन्दै पूर्वतयारी र सतर्कता उच्च पारिएको छ। महाशाखाका अनुसार शुक्रबार र शनिबार भने नेपालमा तुलनात्मक रुपमा बढी असर देखिने छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवम् विपदुविज्ञ डा. धर्मराज उप्रेतीले मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बिहीबार रातिदेखि शनिबारसम्मका लागि उच्च सतर्कता अपनाएको जानकारी दिए । 

‘