काठमाडौँ । दसैँको बिदाको छेको पारेर रिलिज भएका तीनवटा चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । ‘आ बाट आमा–२’, ‘६ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको हो ।
यी तीन चलचित्रमा पल शाह मुख्य भूमिकामा रहेको ‘आ बाट आमा–२’ बक्सअफिसमा अगाडि देखिएको छ । यो सिनेमाले चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ कलेक्सन गरेको छ । यसका एक लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् ।
दीपकराज गिरी मुख्य भूमिकामा रहेको ‘६ माया छपक्कै–२’ दोस्रो स्थानमा छ । यसले दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ कलेक्सन गरेको छ । यसका ८२ हजार ७५९ ओटा टिकट बिक्री भएका छन् ।
समीर भट्ट मुख्य भूमिकामा रहेको ‘१२ गाउँ–२’ तेस्रो स्थानमाख छ । यसले एक करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसका ५७ हजार ९८३ ओटा टिकट बिक्री भएका छन् ।
‘आ बाट आमा–२’ लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ–२’ विराज भट्टले निर्देशन गरेका छन् । ‘६ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । ‘आ बाट आमा–२’मा पलसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ ।
‘६ माया छपक्कै–२’ मा दीपकराज गिरी, केकी अधिकारी, शनिसा भट्टराईललगायत मुख्य भूमिकामा छन् ।
‘१२ गाउँ–२’ मा समीर र विराजसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनीलगायत कलाकारको अभिनय छ ।