अभिनेता टाइगर श्राफको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार: टाइगर सुरक्षित, चालकसहित दुई घाइते

अभिनेता टाइगर श्राफको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार: टाइगर सुरक्षित, चालकसहित दुई घाइते

काठमाडौं। बलिउडका चर्चित अभिनेता टाइगर श्राफलाई लक्षित गरी उनी सवार गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ मुम्बईको जुहुस्थित आफ्नै निवासबाट बाहिरिने क्रममा अज्ञात समूहले उनको गाडीमाथि आक्रमण गरेको हो।

आक्रमणकारीहरूले गाडीलाई निशाना बनाएर चार राउन्ड गोली चलाएका थिए। भारतीय समाचार संस्था एएनआईका अनुसार मुम्बई प्रहरीले अभिनेता टाइगर श्राफ पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेको छ। यद्यपि, उक्त घटनामा उनका चालक र अर्का एक जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै सक्रिय भएको मुम्बई प्रहरीले घटनाको सुक्ष्म अनुसन्धानका लागि १५ वटा विशेष टोली गठन गरेको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। टाइगर श्राफ बलिउडका प्रसिद्ध वरिष्ठ अभिनेता ज्याकी श्राफका छोरा हुन्।