काठमाडाैं। बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरूघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ।
बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो।
यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।
निर्माण सम्पन्न भएसँगै आजदेखि दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चार पाङ्ग्रे सवारी साधन समेत सञ्चालन गरिने जनाइएको छ।