बडा दशैंमा राष्ट्रपति पौडेलद्वारा काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन एवं पूजाअर्चना

बडा दशैंमा राष्ट्रपति पौडेलद्वारा काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन एवं पूजाअर्चना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को पावन अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न प्रसिद्ध शक्तिपीठहरूको दर्शन गरी पूजाअर्चना गर्नुका साथै टीकाप्रसाद ग्रहण गरेका छन्।

उनले प्रथम महिला सबिता पौडेलका साथ उपत्यकाभित्रका प्रमुख शक्तिपीठहरू नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर विधिपूर्वक पूजाआजा गरेका हुन्।

बडा दशैंलाई शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने पावन पर्वका रूपमा लिइन्छ। यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो घुइँचो लाग्ने गर्दछ।