कोरोना बाट १ लाख भन्दा बढीको मृत्यु, १७ लाख भन्दा बढी सङ्क्रमित

काठमाडौँ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् ।

अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका अमेरिका १८ हजार ७४७ ५ लाख २ हजार ८७६ २७ हजार ३१४ स्पेन १६ हजार ८१ १ लाख ५८ हजार २७३ ५५ हजार ६६८ इटाली १८ हजार ८४९ १ लाख ४७ हजार ५७७ ३० हजार ४५५ फ्रान्स १३ हजार १९७ १ लाख २४ हजार ८६९ २४ हजार ९३२ जमर्नी २ हजार ७३६ १ लाख २२ हजार १७१ ५३ हजार ९१३ चीन ३ हजार ३३९ ८१ हजार ९५३ ७७ हजार ५२५ बेलायत ८ हजार ९५८ ७३ हजार ७६८ ३४४ इरान ४ हजार २३२ ६८ हजार १९२ ३५ हजार ४६५ टर्की १ हजार ६ ४७ हजार २९ २ हजार ४२३ बेल्जियम ३ हजार १९ २६ हजार ६६७ ५ हजार ५६८