लकडाउन खुलेलगतै चीनको वुहानमा बिहे गर्नेको लर्को

लकडाउन खुलेलगतै चीनको वुहानमा बिहे गर्नेको लर्को

एजेन्सी: गएको मंगलबारबाट चीनको कोरोनाको केन्द्र हुवेई प्रान्तको वुहानमा लक डाउन खुलेको छ। ७६ दिन घरभिर थुनिएर बसेका नागरिकमा लक डाउन खुलेसँगै त्यहाँ खुसियाली छाएको छ। लकडाउन खुलेसँगै मानिसहरुको चहलपहल एक्कासि बढेको छ साथै वुहानमा बिहे गर्नेको संख्यामा एक्कासि बढोत्तरी भएको छ।

बिहेका लागि अनलाइन रजिस्ट्री गर्नेको ओइरो नै लाग्ने गरेको चीनको माइक्रो ब्लगिङ साइट बिबोको अफिसिइल साइटले जनाएको छ।यद्यपि चीनको वुहानमा बिहे गर्ने र अनलाइन रजिस्ट्री गर्नेको संख्या व्हात्त्ै बढेसँगै बिहे गराउने त्यस्ता खालका एपमा भार परेको छ जसका कारण त्यस्ता खाले एपहरु केही समय लोड थेग्न नसकेर बन्द नै गरिएका थिए।

यस्तै चीनमा विवाह रजिस्ट्री गर्ने एक एप ‘एबाकस’ले फ्रेब्रुअरीदेखि मार्चसम्म विवाहको रजिस्ट्रेसन लिन बन्द गरिएको जनाएको छ। यद्यपि हुवेई प्रान्तका सहरहरुमा विवाह हुने त्यस्ता भीडभाडमा त्यहाँको प्रशासनले कडाइ गरेको छ। फोटोसुटमा पनि भीडभाडलाई लिएर अलग अलग स्थान निर्धारण गरिएको छ। विवाह गर्दा जोडीले स्वास्थ्य रिपोर्ट पनि पेस गर्नुपर्ने यसैबीच बिहेको तयारीमा जुटेका त्यहाँका चिनियाँले आफू स्वस्थ रहेको र कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएको स्वास्थ्य सर्टिफिकेट पेस गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ। जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरुको विवाहको रजिस्ट्रेसन मान्य हुने बताइएको छ।