संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध

संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

आज बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो । पराजुलीको एकल उम्मेदवारी परेको थियो । यसअघि असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

छुटाउनुभयो कि ?