काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुललाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्नैप्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बिनापक्राउपुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताए ।
उनले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्नको जवाफ मागे । उनले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरे । “यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदासदाको पेवाजस्तो सरकार चलाउन पाइदैन”, दुलालले भने ।
उनले जेनजीको थ्रेटबारे सोधे, “कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन ?” मध्यरातमा पक्राउ गरेर ११ घण्टामै छोडिएको प्रति आपत्ति जनाउँदै सोधे, “के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ?”