पिपिईको अभावलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका ५० डाक्टर पक्राउ

पिपिईको अभावलाई लिएर विरोध  प्रदर्शनमा उत्रिएका ५० डाक्टर पक्राउ

एजेन्सी: पाकिस्तानमा प्रोटेक्टिभ इक्‍विपमेन्ट किट्स (पिपीई) को अभावलाई लिएर विरोध प्रदर्शन गरिरहेका ५० जना डाक्टर पक्राउ परेका छन्। पाकिस्तानी प्रहरीले क्‍वेटामा कोरोना भाइरसबाट संक्रमित मानिसहरुको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने पिपीईको अभाव भएपछि प्रदर्शनमा उत्रिएका डाक्टरहरुलाई पक्रेको हो।

दक्षिण एसियामा भारतपछि पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या धेरै छ । भारतमा अहिलेसम्म ४ हजार ७ सय ८९ जना संक्रमित हुँदा १ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ । पाकिस्तानमा कोरोना भाइरसबाट अहिलेसम्म ३८०० मानिस संक्रमित भएका छन् । बंगलादेशमा कोरोनाबाट १६० जना संक्रमित भएका छन्। श्रीलंकामा १८५ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण भेटिएको छ।