काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
कानुनमन्त्री सोविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेलगत्तै सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सूचना सुनाएका हुन्।