मोरङमा श्रमिकलाई सूचीकृत गर्न दबाब

मोरङमा श्रमिकलाई सूचीकृत गर्न दबाब

मोरङ : मोरङमा श्रमिकलाई सूचीकृत गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बिहिबार दबाबमूलक कार्यक्रम गरेको छ । ‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराकासाथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सो कार्यक्रम अनुरुप रोजगार प्रतिष्ठान मोरङ व्यापार सङ्घलाई दबाबसँगै ध्यानकर्षण गराएको हो ।

पटक–पटक सूचीकरणका निम्ति समय थप गरिरहँदा पनि श्रमिकको त्याग र संघर्षवाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सूचिकृत नगराउनु घोर आपत्ति रहेको जनाउँदै मोरङ व्यापार संघको श्रमिकले ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले नयाँ श्रम ऐन लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान सूचिकृत हुनुपर्ने, मजदूरहरुले पाउनुपर्ने अधिकार दिनुपर्ने र अन्यथा सम्पूर्ण ट्रेड युनियन तथा श्रमिक चरणबद्ध आन्दोलनमा जाने बताउए ।