विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो, अमेरिकामा मृतकको संख्या ११ हजार नजिक

जेनेभा : कोरोना भाइरस (कोभिड–१९) को कारण आज संम ७४ हजार ६७९ जानाको मृत्यु भएको छ । विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार २ सय ९९ पुगेको छ। विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन्।

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन्।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १६ हजार ५२३ जनाको मृत्यु भइसकेको भने १ लाख ३२ हजार भन्दा बढी सङक्रमित छन् ।

स्पेनमा १३ हजार ३४१ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ८१० जना, फ्रान्समा ८ हजार ९११ जना, बेलायतमा ५ हजार ३७३ जना नेदरल्यान्ड्समा १ हजार ८६७ जना र बेल्जियममा १ हजार ६३२ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ७३९ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १९२ व्यक्तिको मृत्यु भएको छ ।