ऋषिपञ्चमी नुहाउन गएकी महिलालाई खोलाले बगायो

ऋषिपञ्चमी नुहाउन गएकी महिलालाई खोलाले बगायो

स्याङ्जा । ऋषिपञ्चमीको दिन आँधीखोलामा नुहाउन गएकी स्याङ्जाकी एक महिलाको बाढीले बगाउँदा मृत्यु भएको छ।  

वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डेलाई बाढीले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए। 

भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा मंगलबार बिहान पाण्डेलाई खोलाले बगाएको हो। वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।