मनोहरा खोलामा बाढी: तटीय बस्तीमा त्रास, केही टहरामा पस्यो पानी

मनोहरा खोलामा बाढी: तटीय बस्तीमा त्रास, केही टहरामा पस्यो पानी

भक्तपुर।  सोमबार परेको लगातारको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढी आउँदा नदी किनारका बस्तीहरूमा त्रास फैलिएको छ।

खोलामा बाढीको बहाव ह्वात्तै बढेपछि किनारमा रहेका केही टहराहरूमा पानी पसेको छ। खोलाको सतह अनपेक्षित रूपमा बढेपछि स्थानीय बासिन्दा बाढी अझै थपिन सक्ने आशंकामा रातभर घरबाहिर निस्किएर सतर्क अवस्थामा बसेका थिए।

काठमाडौँ महानगरपालिकाले केही महिनाअघि मात्रै सोही नदी किनारमा अतिक्रमण गरी बनाइएका बस्ती तथा टहराहरू हटाएको थियो।

अहिले भने मनोहरा खोलामा पानीको सतह क्रमिक रूपमा घट्दै गएको स्थानीय अधिकारीहरूले जनाएका छन्।