भोलि बिहान ३ बजेबाटै खुल्नेछन् पशुपतिका चारवटै ढोका

भोलि बिहान ३ बजेबाटै खुल्नेछन् पशुपतिका चारवटै ढोका

काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । यस वर्ष भदौ २९ गते ९भोलि० परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ ।

मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ  तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।