औलोमा प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन कोरोनाको औषधि हुन सक्ने भन्दै ट्रम्पद्धारा भारतसँग औषधि मागे

औलोमा प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन कोरोनाको औषधि हुन सक्ने भन्दै ट्रम्पद्धारा भारतसँग औषधि मागे

काठमाडौं  : औलोमा प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन कोरोनाको औषधि हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । अमेरिकामा झण्डै साढे ३ लाख मानिस कोरोना भाइसबाट संक्रमित भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग औषधि सहयोगका लागि आग्रह गरेका हुन् ।

ट्रम्पले शनिबार बेलुकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर हाइड्रोक्सीक्लोरोक्वीन औषधिको माग गरेका हुन् । जुन औषधि भारतमा सबैभन्दा धेरै उत्पादन हुन्छ । भारतमा लाखौं व्यक्तिमा मलेरिया हुने भएकाले भारतीय कम्पनीले ठूलो मात्रामा यो औषधि उत्पादन गर्छन् ।

यो एन्टी मलेरियाको औषधि क्लोरोक्वीन भन्दा थोरै फरक छ । यो एक ट्याबलेट हो । यसको प्रयोग अटोइम्युन रोगको उपचारमा गरिन्छ । अमेरिकामा यसलाई कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिएको छ ।

भारतले यो औषधि उत्पादन गरे पनि चीन र ब्राजिलबाट कच्चा पदार्थ ल्याउनुपर्छ । त्यसैले अमेरिकी राष्ट्रसँगको फोन वार्तापछि मोदीले ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोसँग कुराकानी गरे । उनले कच्चा पदार्थ पठाउन सकिने बताएका छन् । पछिल्लो समय भारतले यो औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले २१ मार्चमा हाइड्रोक्सी क्लोरोक्वीन र एजिथ्रोमाइसिनको मिश्रणले कोरोना भाइरसबाट मानिसलाई बचाउन सकिने बताएका थिए ।