संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८, पोख्राङमा चट्याङ लागेर बुधबार (भदौ २४) राति एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका बेला चट्याङ लागेर २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिए । हावाहुरी, वर्षासँगैको चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई पाँचखपन आधारभूत अस्पतालमा भर्ना गरिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल चट्याङ लागेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले बताए । घाइतेद्वयको उपचार पाँचखपन आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।