कनिकाको कोरोना संक्रमणको छैटौं रिपोर्ट नेगेटिभ,डिस्चार्ज को लागी थप दोस्रो रिपोर्टको प्रतिक्षा

कनिकाको कोरोना संक्रमणको छैटौं रिपोर्ट नेगेटिभ,डिस्चार्ज को लागी थप दोस्रो रिपोर्टको प्रतिक्षा

एजेन्सी: मार्चमा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चिएको थियो।यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । यसभन्दा अगाडि पाँचौ रिपोर्ट पोजेटिभ आएको उनको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ । पाँचौ रिपोर्ट पोजेटिभ आएलगतै उनका शुभचिन्तक र आफन्त डराएका थिए ।

कनिकाको छैटौं रिपोर्ट भने नेगेटिभ आए पश्चात उनका आफन्त खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले भने दिने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्छ ।कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ ।