काठमाडौं। काठमाडौंको चाबहिलस्थित धोबीखोलामा लडेका एक युवाको प्रहरीले सकुशल उद्धार गरेको छ।
गोपीकृष्ण हल नजिकै धोबीखोला किनारमा हिँड्ने क्रममा चिप्लेर नदीमा खसेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको हो। धरान (सुनसरी) स्थायी घर भई हाल धुम्बाराही बस्दै आएका रसाईली खोलामा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी वृत्त महाराजगञ्जको टोलीले उहाँको उद्धार गरी तुरुन्तै उपचारका लागि नजिकैको अस्पताल पठाएको छ।