देशैभरि मनसुनी प्रभाव, धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशैभरि मनसुनी प्रभाव, धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ।

तराई भूभागतर्फ कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग र लुम्बिनी एवं सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भने रातिको समयमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

छुटाउनुभयो कि ?