काठमाडौँ । सरकारले सोमबार र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ।
शुक्रबार कृष्ण जन्माष्टमी, शनिबार र आइतबार नियमित सार्वजनिक बिदा, सोमबार रसुवा बाढीको राष्ट्रिय शोक दिवससहित बिदा र मंगलबार जेनजी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको छ।
यसअघि लगातार तीन दिन बिदा हुने भए पनि दुई दिन बिदा थपिएपछि लगातार पाँच दिन बिदा हुने भएको हो।