काठमाडौँ । रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र अवरोध पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली करिब १० मिटरभित्र प्रवेश गरेको छ ।
इन्जिनियर श्रीराम न्यौपानेका अनुसार, एक्स्काभेटरको सहायताले ब्लास्ट गरिएका ढुंगा तथा अन्य अवरोध हटाउने काम भइरहेको छ ।
निरन्तरको प्रयासपछि उद्धार टोली अहिले सुरुङको भुइँ तहको नजिक पुगिसकेको छ ।