लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ जनाको शव

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ जनाको शव

काठमाडौँ । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङबाट दुई जनाको शव निकालिएको छ ।

खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो । आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव निकालेको हो ।

अहिले हाइड्रो–मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब १ सय ५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले बताए । २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । आज नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले खोज तथा उद्धारको काम गरिरहेको उनको भनाइ छ ।

बुधबार सुरुङको १ सय ५० मिटरभित्र पुगेर खोजी कार्य गरिएको थियो । आज बिहानैदेखि खोजी कार्यलाई तीव्र्रता दिइएको उनले बताए ।

छुटाउनुभयो कि ?