‘समयमै बाढीको सूचना किन भएन ?’ भन्नेलाई प्रधानमन्त्रीले दिए यस्ताे जवाफ

‘समयमै बाढीको सूचना किन भएन ?’ भन्नेलाई प्रधानमन्त्रीले दिए यस्ताे जवाफ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरण भइरहेका बेला सरकारमाथि केही प्रश्न उठेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दौ उनले सो कुरा बताएका हुन् । “यो बीचमा हामी विपद्सँग लडिरहँदा हामीमाथि केही प्रश्नहरू उठेका छन्– समयमै बाढीको सूचना किन भएन ?” प्रधानमन्त्री शाहले भने, “मानव सभ्यताले भोगेकोमध्ये यो ठूलो घटना हो । यो विपद् पूर्वअनुमानभन्दा बाहिरको कुरा हो ।”

बाढी आउँदै गरेको सूचना पाएलगत्तै सुरक्षाकर्मीहरू स्थानीयलाई सतर्क बनाउँदै खटिएको उनले जनाए । यसरी खटिएका केही सुरक्षाकर्मी समेत बाढीमा परी बेपत्ता भएको उनले बताए ।

“नेपाल सरकारबाट लगभग ११ लाख वटा एसएमएस र टेलिफोन कलहरू ती ठाउँहरूमा गरिएको थियो । त्यसको सूचना आधा घण्टा अगाडि नै बस्नुभएका सम्पूर्णलाई दिइएको कुरा जानकारी गराउन चाहन्छु,” प्रधानमन्त्री शाहले भने ।