काठमाडौं। हालैको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सभामुख डोलप्रसाद (डीपी) अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
यसैगरी, सङ्घीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि नेपाल सरकारको निर्णयबमोजिम निश्चित रकम कट्टा गरी उद्धार कोषमा जम्मा गरिने भएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएकाले आफ्नो पारिश्रमिक सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरिएको सभामुख अर्यालले जनाएका छन्।